पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जनसहित पानी पर्ने सम्भावना, तराईमा गर्मी बढ्दो

पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जनसहित पानी पर्ने सम्भावना, तराईमा गर्मी बढ्दो

२९ चैत, काठमाडौँ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण आज काठमाडौँसहित पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् मञ्जु बासीकाअनुसार आज पहाडी क्षेत्रका धेरैजसो ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुनेछ भने केही ठाउँमा पानी पर्ने छ ।

विशेषगरी प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित दिउँसो पछि हल्कादेखि सामान्य पानी पर्ने अनुमान गरिएको छ ।

काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रको मौसम बिहानैदेखि आंशिकदेखि सामान्य बद्ली छ । पहाडी क्षेत्रमा मौसम बद्ली भइ पानी पर्ने सम्भावना रहे पनि तराईका जिल्लामा भने गर्मी बढ्दो छ । पानी नपर्दा तराईका जिल्लाको अधिकतम तापक्रम बढ्दै गएको छ ।

गएको २४ घण्टामा दीपायलको अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस पुगेको छ भने धनगढीको ३७, नेपालगञ्जको ३६ दशमलव ७, वीरेन्द्रनगरको ३५ दशमलव ३ र जनकपुरको अधिकतम तापक्रम ३३ डिग्री सेल्सियस छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.