फलिपिन्समा ‘मेघी’ समुद्री आँधीपछि बाढीपहिरोः मृतक २५ पुगे, १३ हजार बढी विस्थापित

फलिपिन्समा ‘मेघी’ समुद्री आँधीपछि बाढीपहिरोः मृतक २५ पुगे, १३ हजार बढी विस्थापित

२९ चैत, एजेन्सी । फिलिपिन्समा समुद्री आँधी पछिको बाढी पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या २५ पुगेको छ ।

फिलिपिन्सको पूर्वी र दक्षिणी क्षेत्रमा रहेको लेते राज्यको बेबे सहरमा २२ जनाले ज्यान गुमाएका छन् । त्यहाँ थप ६ जना बेपत्ता छन् । अरु तीन जनाको दाभाओ क्षेत्रमा ज्यान गएको हो ।

ठूलो पानीसँगै आएको ‘मेघी’ नामको आँधीका कारण १३ हजारभन्दा धेरै नागरिक विस्थापित भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

आँधीले घरको छाना उडाउनुका साथै जताततै रुखहरु ढलेको छ । बिजुलीको आपूर्ति ठप्प छ । सयौँ गाडीमा क्षति पुगेको छ ।

यातायात सेवा प्रभावित भएको छ । त्यहाँको सरकारले आँधी प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा जान र सचेत रहन अनुरोध गरेको छ ।

‘मेघी’ फिलिपिन्समा आएको यो वर्षको पहिलो आँधी हो । फिलिपिन्समा यसअघि गएको डिसेम्बरमा आएको ‘राई’ नामको आँधीका कारण चार सयभन्दा धेरैले ज्यान गुमाएका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.