मोरङको सुनवर्षीमा सुतेकै ठाउँमा मृत भेटिए २८ वर्षे युवक

मोरङको सुनवर्षीमा सुतेकै ठाउँमा मृत भेटिए २८ वर्षे युवक

विराटनगर, २ वैशाख । मोरङमा  २८ वर्षे एक युवक सुतेकै ठाउँमा मृत भेटिएका छन् । सुनवर्षी नगरपालिका-६ स्थित हरि राजवंशीकाे घरमा सुतेका तीर्थ निरौला बिहीबार राति ९ः२५ बजे मृत फेला परेका प्रहरीले जनाएकाे छ ।

माेरङ प्रहरीका अनुसार पेट दुखेकाे भन्दै राजवंशीको घरमा आराम गर्न उनी ओछ्यानमा पसेका थिए ।  तर केही बेरमै निराैला मृत भेटिएका हुन् । भोजपुर-विराटनगर रूटमा चल्ने बसमा उनी सहचालककाे काम गर्दै आएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.