पुराना सम्झौता कार्यान्वयन गर्न सरकारसँग सीके राउतको माग

पुराना सम्झौता कार्यान्वयन गर्न सरकारसँग सीके राउतको माग

काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टी र गृहमन्त्री बालकृष्ण खाण नेतृत्वको सरकारी प्रतिनिधिमण्डलबीच आज भेटवार्ता भएको छ । गृहमन्त्रालयमा आज भेटवार्ता भएको मन्त्रालय स्रोतले जनायो ।

भेटका क्रममा जनमत पार्टीका अध्यक्ष राउतले सरकारले आफूहरूसँग गरेका पुराना सम्झौतहरूको स्मरण गराउँदै त्यसको कार्यान्वयनको माग गरेका छन् । सरकार र सीके राउतबीच २०७१ असोज १५ गते र २०७५ फागुन २४ गते विभिन्न सम्झौता भएका थिए ।

भेटवार्तामा राउतले स्थानीय तह निर्वाचनको प्रयोजनार्थ जनमत पार्टी निर्वाचनमा आयोगमा दर्ता भइसकेको परिपेक्ष्यमा त्यसअघि आफूहरूसँग सरकारले गरेका सम्झौता कार्यान्वयन गर्नपर्नेमा जोड दिएका थिए । त्योसँगै विभिन्न कारण थुनामा रहेका आफ्ना पार्टीका नेता कार्यकतालाई रिहा गर्न, आफूहरूले गरेको कृषि आन्दोलनका मागहरूलाई पूरा गर्न र मधेस आन्दोलनका क्रममा भएको सहमति कार्यान्वयन गर्न माग गरेको मन्त्रालयले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.