कोही पनि तालमेलको पक्षमा छैनन्: गगन थापा

कोही पनि तालमेलको पक्षमा छैनन्: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसका कोही नेता तालमेलको पक्षमा नरहेको बताएका छन् ।

सांसदसमेत रहेका महामन्त्री थापाले पार्टीको काठमाडौं क्षेत्र नम्बर ४ को प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै निर्वाचनमा हारजित स्वाभाविक भएको बताए ।

‘नेपाली कांग्रेस पार्टीको कोही पनि तालमेलको पक्षमा हुनुन्न । बरु निर्वाचनमा हारे हारौंला हारजित हुन्छ तपाईंहरू त्यहीअनुसार अघि बढ्नुस्’, थापाले कार्यकर्तालाई निर्देशन दिए ।

उनले उम्मेदवार र चुनावी अभियानका लागि कार्ययोजनासहित अघि बढ्न पनि जोड दिए ।
[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.