दिउँसो २ बजेका लागि सर्‍यो सत्ता गठबन्धनको बैठक

दिउँसो २ बजेका लागि सर्‍यो सत्ता गठबन्धनको बैठक

काठमाडौं, ६ वैशाख । सत्ता गठबन्धनको बैठक सरेको छ । बालुवाटामा सोमबार बिहान साढे ११ बजेका लागि बोलाइएको गठबन्धनको बैठक दिउँसो २ बजेका लागि सारिएको हो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाको व्यस्तताका कारण गठबन्धनको बैठक सारिएको हो । गठबन्धनको बैठकअघि प्रधानमन्त्री देउवाले कांग्रेसका शीर्ष नेता र कांग्रेस कास्कीका नेताहरूसँग छलफल गर्ने कार्यक्रम छ ।

पोखरा महानगरपालिकामा एकीकृत समाजवादीले दाबी नछोडेपछि देउवाले छलफलका लागि कांग्रेस कास्कीका नेताहरूलाई आज काठमाडौं बोलाएका छन् । पोखरा महानगरपालिकामा कांग्रेसले पनि आफ्नो अडान राखिरहेको छ ।

यसअघि सोमबार साँझ बसेको गठबन्धनको बैठकमा पोखरा महानगरमा कांग्रेस र एकीकृत समाजवादीले आआफ्नो दाबी पेस गरेपछि महानगर तथा उपमहानगरको सिट बाँडफाँटको टुंगो लाग्न सकेको थिएन ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.