जसपाले सिद्धार्थनगरको मेयरमा जैसवाललाई उठाउने

जसपाले सिद्धार्थनगरको मेयरमा जैसवाललाई उठाउने

काठमाडौं, ७ वैशाख । रुपन्देहीमा सत्ता गठबन्धनबाट बाहिरिएको जनता समाजवादी पार्टीले सिद्धार्थनगर नगरपालिकाको मेयरमा अर्जुन प्रसाद जैसवाललाई उम्मेदवार बनाउने भएको छ ।

जसपा सिद्धार्थनगरका अध्यक्ष समेत रहेका जैसवाललाई मेयरका लागि सर्वसम्मत सिफारिस गरिएको हो । जैसवाल यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम, नेपालबाट मेयरमा लडेका थिए ।

त्यस्तै नगर समितिको बैठकले उपप्रमुखका लागि आसमा खातुन फकिर, वडा नम्बर १ को अध्यक्षमा उज्जवल पोखरेल, २ को अध्यक्षमा दिलिप कुमार कहाँर, ३ मा कैस मोहम्मद साई र ४ मा गोविन्द यादवको नाम सिफारिस गरेको छ ।

यसअघि मंगलबार कांग्रेसले मेयरमा इस्तियाक अहमद खानको एकल नाम सिफारिस गरेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.