बबईमा डुबेका एक किशोर अझै बेपत्ता

बबईमा डुबेका एक किशोर अझै बेपत्ता

२ जेष्ठ,घोराही। बिहीबार बबईमा डुबेर एक किशोर बेपत्ता भएका छन्।

घोराही उपमहानगरपालिका वडा नं १० नारायणपुर घर भई तुलसीपुर उपमहानगरपालिका वडा नं ११ बेलटाकुरास्थित हजुरआमाको घरमा आएका १६ वर्षीय प्रशान्त वली बबईमा बगेर बेपत्ता भएका हुन्।

वली बुधबार मात्रै नारायणपुरस्थित घरबाट बेलटाकुरास्थित हजुरआमाको घरमा पूजाका लागि आएको जानकारी प्राप्त भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले बताए।

हजुरआमाको घरमा आएका वली बिहीबार दिउँसो पौडी खेल्न भनेर बबई नदीमा गएका थिए। त्यही बेला बगेर बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ।

बेपत्ता वलीको खोजीका लागि इप्रका तुलसीपुरबाट प्रहरी निरीक्षक वीरदत्त पन्तको कमान्डमा पाँच जनाको टोली खटिए पनि फेला पार्न नसकिएको र खोजी कार्य जारी रहेको डिएसपी अर्यालले बताए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.