पूर्व डीएसपी बने मिथिला नगरपालिकाको मेयर

पूर्व डीएसपी बने मिथिला नगरपालिकाको मेयर

६ जेठ, जनकपुरधाम । धनुषाको मिथिला नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका महेन्द्र महतो निर्वाचित भएका छन् ।

उपमेयरमा भने नेकपा एमालेकी सुनिता सिंह बुढाथोकी निर्वाचित भएकी छन् ।

महतो ७ हजार ३१ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका राजाराम महतोले ६ हजार ९४० मत प्राप्त गरे ।

मेयरमा निर्वाचित महतो नेपाल प्रहरीका पूर्व प्रहरी नायब उपरीक्षक डीएसपी हुन् । प्रहरीबाट सेवानिवृत्त भएपछि उनी कांग्रेसबाट चुनाव लडेका थिए ।

उपमेयरमा निर्वाचित बुढाथोकीले ७ हजार ४१४ मत ल्याइन् । उनकी निकटतम प्रतिद्वन्दी कांग्रेसकी निर्मला कोइरालाले ६ हजार ७३५ मत प्राप्त गरिन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.