७ जेष्ठ ,काठमाण्डौँ ।ब्युटी पेजेन्ट अर्थात् सौन्दर्य प्रतियोगिताका आयोजकले आठ वर्ष अघि बलात्कार गरेको भनि सामाजिक सञ्जालमार्फत् सार्वजनिक घटनाबारे छानबिन शुरू भएको गृहमन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले प्रेस विज्ञप्ति निकालेर वरिष्ठ प्रहरी उपरीक्षक वसन्त कुँवरको संयोजकत्वमा समिति गठन गरी छानबिन शुरु गरिसकेको
जानकारी दिए ।
पीडित युवतीलाई न्यायको माग गर्दै सामाजिक सञ्जालमा अभियान चलाउनुको साथै प्रधानमन्त्री निवास अघि र काठमाण्डौको माइतीघरमा प्रदर्शन भइरहेका बेला
गृह मन्त्रालयले विज्ञप्ति निकाले घटनाबारे छानबिन शुरु भइसकेको जानकारी दिएको हो ।
विज्ञप्तिमा महिलामाथि हुने हिंसाका घटनामा दोषीलाई हदैसम्मको कारबाही गर्न सरकार प्रतिबद्ध रहेको र अहिले सार्वजनिक भएको घटना पनि छानबिन शुरू
भइसकेको उल्लेख छ ।
गृहमन्त्रालयले समितिलाई अनुसन्धान कार्यमा सहयोग गर्न सबैसँग अनुरोध पनि गरेको छ । आठ वर्षअघि मिस ग्लोबल इन्टरनेशनलमा सहभागी युवतीमाथि
आयोजकले नै बलात्कार र यौन दुर्व्यवहार गरेको घटना पीडित युवतीले सामाजिक सञ्जाल टिकटक मार्फत सार्वजनिक गरेकी हुन् ।
हिजो प्रतिनिधि सभाको बैठकमा साँसदहरुले दोषीमाथि कारबाही गर्न माग गरेका थिए । सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार प्रतिनिधि सभाको बैठकमा
घटनाको छानबिन गरी दोषीलाई कारबाहीको दायरमा ल्याउन सरकारलाई निर्देशन दिए ।