सिरहामा घरमै सुतिरहेको अवस्थामा गयराति बाबुछोराको हत्या

सिरहामा घरमै सुतिरहेको अवस्थामा गयराति बाबुछोराको हत्या

८ जेष्ठ ,सिरहा । सिरहाको अर्नमा गाउँपालिकामा हिजो शनिवार राति बाबु र छोराको हत्या भएको छ । घरमै सुतिरहेको अवस्थामा सिरहाको अर्नमा गाउँपालिका १

महनौरका ६० वर्षीय चन्देश्वर पाल र उहाँका १९ वर्षीय छोरा सन्तकुमारको हत्या भएको हो ।

सन्त कुमारको यही जेठ ११ गतेका लागि विवाहको कुरा छिनिएको र गाउँमा विवाह गीत गाएर झन्डै १२ बजेतिर सुतेपछि दुवैको हत्या भएको स्थानीयवासीले बताएका

छन् । उनीहरूका अनुसार राति १२ बजेसम्म गीत बजिरहेको थियो, बिहानपख ३ बजेतिर हत्याको घटना गाउँभरि फैलिसकेको हुनाले साढे २ बजेको आसपासमा त्यो

घटना भएको हुनसक्छ ।घटनाको जानकारी पाएलगतै बिहान ४ बजे पुगेको प्रहरीले घटनास्थलमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक

सुभाष बुढाथोकीले जानकारी दिए । ‘घटना भएको छ, हामीले विभिन्न ढङ्गले अनुसन्धान गरिरहेका छौँ ।’

प्रहरीले अनुसन्धानका लागि तालिम प्राप्त कुकुरको पनि सहयोग लिएको जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.