सरकारले चुनावको भोलिपल्टै नागरिकलाई महंगीको डण्डाले हिर्कायोः केपी शर्मा ओली

सरकारले चुनावको भोलिपल्टै नागरिकलाई महंगीको डण्डाले हिर्कायोः केपी शर्मा ओली

१२ जेष्ठ, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले मूल्य वृद्धिको कीर्तिमान कायम गरेको आरोप लगाएका छन् ।

संसदमा सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै उनले मूल्य वृद्धिको प्रवृत्ति अभूतपूर्व रहेको भनदै टिप्पणी गरे ।

एमाले अध्यक्ष ओलीले पालिका चुनावको भोट हालेको भोलिपल्टै नागरिकलाई महंगीको डण्डाले हानेको बताए ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको एक हप्ता पनि नपुग्दै फेरि अर्को मूल्य वृद्धि गरेर सरकारले नागरिकलाई पटक पटक डण्डाले हिर्काउने काम गरेको टिप्पणी गरे ।

उनले पेट्रोलियम पदार्थको मूल्य बढेपछि ढुवानीको भाडा स्वतः बढ्ने भएकाले नागरिकले हरेक वस्तुमा महंगीको मार खेप्नु परेको बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.