१२ जेष्ठ, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार आफ्नो परराष्ट्र नीतिमा अडिग नभएको बताएका छन् ।
संसदमा बोल्दै ओलीले नेपालको परराष्ट्र नीति अहिलेको गठबन्धन नामको पासा फ्याँकेर ल्याएको सरकारले ल्याएको नीति भन्दै व्यङ्ग्य गरेका छन् ।
वर्तमान सरकारलाई अस्थायी सरकार भन्दै नेपालको परराष्ट्र सम्बन्ध म्यादी सरकारको निजी विषय नभएको पनि उनले बताए ।
नेपालको परराष्ट्र नीतिले निम्त्याउन सक्ने जोखिमको बारेमा सरकार सचेत नभएको पनि उनले आरोप लगाए ।
विदेशी मन्त्री आउँदा सरकार थुरथुर काँप्ने गरेको भन्दै परराष्ट्र नीतिसँगको व्यवहारले नेपाली अखंडताको रक्षा कसरी गर्न सकिन्छ भन्दै ओलीले प्रश्न गरे ।
उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रश्न गर्दै भने, ’सरकारले छद्म नीति लिएको देखियो, हामी एकातिर एक चीन नीतिमा छ भन्छौँ । नेपाल हाम्रा छिमेकीहरुसँग मुखले एउटा कुरा र व्यवहारमा अर्को कुरा गर्ने गर्छन्, नेपाल एक चीन नीतिमा छ कि छैन ?’