सिन्धुपाल्चोकको सुनकोशीमा एम्बुलेन्स पल्टिँदा एक जनाको मृत्यु, चालक फरार

सिन्धुपाल्चोकको सुनकोशीमा एम्बुलेन्स पल्टिँदा एक जनाको मृत्यु, चालक फरार

१२ जेष्ठ, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका वडा नम्बर ७ को दुई किलोमा गएराति एम्बुलेन्स पल्टिँदा एक जनाको ज्यान गएको छ ।

गएराति ८ बजेतिर बा २० च ६३२७ नम्बरको एम्बुलेन्स घरमा पल्टिँदा त्यही घरमा सुतिरहेकी ७५ वर्षकी मनमाया खड्काको ज्यान गएको सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक रामेश्वर यादवले जानकारी दिए ।

उनका अनुसार गम्भीर घाइते भएकी खड्काको उपचारका क्रममा बाह्रबिसेमा ज्यान गएको हो । एम्बुलेन्सका चालक भागेका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.