विद्यार्थी बलात्कार गरेको अभियोगमा प्रिन्सिपल पक्राउ

विद्यार्थी बलात्कार गरेको अभियोगमा प्रिन्सिपल पक्राउ

१२ जेष्ठ,सुनसरी । सुनसरीमा पाँच वर्षअघि विद्यार्थीलाई बलात्कार गरेको आरोपमा एक जना प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ ।

२०७४ सालमा १५ वर्षकी विद्यार्थीलाई बलात्कार गरेको आरोपमा इटहरीको ब्लुमिङ लोटस इङ्ग्लिस स्कुलका प्रधानाध्यापक राजकुमार खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।

३६ वर्षका राज खड्का भन्ने राजकुमार खड्काले आफ्नै स्कुलमा पढ्ने बिरामी भएकी १५ वर्षकी छात्रालाई घुमाउने र औषधि उपचारसमेत गरिदिने भनेर धरानको एक गेस्ट हाउसमा लगेर बलात्कार गरेको उजुरीमा उल्लेख छ ।

प्रधानाध्यापक खड्काले यौनसम्बन्ध राख्न नमानेमा विद्यालयबाट निष्कासन गरिदिने धम्की दिएको पीडित बालिका विद्यार्थीले बताएकी छिन् ।

बलात्कारपछि अर्कै विद्यालयमा पढ्न थालेको तर पनि खड्काले विवाह गर्छु भनी फकाउने र समाजमा बेइज्जत गरिदिने धम्की दिँदै पटक–पटक मानसिक तनाव दिएर जबरजस्ती करणी गरेको भन्दै पीडितले २०७५ सालमा प्रहरीमा उजुरी दिएकी थिइन् ।

आजसम्म लुकिछिपी बसेका खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले काठमाण्डौको त्रिपुरेश्वरबाट पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय सुनसरीमा

पठाएको छ । उनलाई थप कारबाहीका लागि सुनसरी जिल्ला अदालतमा उपस्थित गराइने सीआईबीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.