१३ जेठ, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोले नेपाल भगवान भरोसामा चलिरहेको बताएका छन् ।
नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्ने क्रममा लोसपा नेता महतोले पञ्च वर्षीय योजना सुरु गर्दाको नेपालको अवस्था र अहिलेको समय तुलना गर्न आग्रह गरे।
‘७० वर्षको हाम्रो अभ्यास के छ रु नेपालले छलाङ लगायो कि लगाएन रु ७० वर्षअघि र अहिलेको अवस्था के छ रु’ महतोले भने, ‘समीक्षा हुनुपर्ने ।
के फड्को मार्यो त रु’कर्मकाण्डी नीति तथा कार्यक्रम ल्याउने र घन्टौं छलफल गर्ने परम्पराको उनले विरोध गरे । गोलचक्करमा जनतालाई घुमाउने कार्य मात्रै भएको उनले टिप्पणी गरे ।
पहिलेका सरकारले ल्याएका विषय समेटेर नीति तथा कार्यक्रमा प्रस्तुत गरिने र त्यसलाई प्रतिपक्षले विरोध गर्ने परम्परा रहेको उनले सुनाए ।
लोकतन्त्रको दुरुपयोग भएको महतोले आरोप लगाए । स्थानीय तहमा दलीय चुनाव आवश्यक नरहेको उनले बताए । ‘लोकतन्त्रलाई कमजोर बनाउने काम भएको छ’ महतोले भने ।