गाडी दुर्घटनामा परी भरतपुरकी मेयर रेनु दाहाल घाइते

गाडी दुर्घटनामा परी भरतपुरकी मेयर रेनु दाहाल घाइते

१३ जेष्ठ, भरतपुर ।भरतपुर महानगरपालिका, चितवनकी मेयर रेनु दाहाल दुर्घटनामा परेकी छन् ।

दाहाल सवार प्रदेश ३–०१–०२३ च ७३१८ नम्बरको गाडी शुक्रबार दिउँसो ललितपुरको जाउलाखेलमा दुर्घटना भएको हो ।

टायर पञ्चर भएपछि उनको गाडी विद्युतको पोलमा गएर ठोक्किएको थियो । दुर्घटनामा दाहालको टाउकोमा चोट लागेको छ ।

सिटी स्क्यान गर्दा घाउ बाहिरी छालामा मात्र लागेको देखिएकाले डिस्चार्ज गर्न लागिएको उनकी बहिनी गंगा दाहालले जानकारी दिइन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.