तारा एयरको विमान मुस्ताङको लार्जुङको खोचमा दुर्घटनाग्रस्त अवस्थामा फेला

तारा एयरको विमान मुस्ताङको लार्जुङको खोचमा दुर्घटनाग्रस्त अवस्थामा फेला

१५ जेष्ठ, पोखरा । तारा एयरको विमानस्थानमा लेतेको लाजुङको खोचमा दुर्घटना अवस्थामा भेटिएको छ ।

घाँसा भन्दा माथिले लेते र त्यस माथी लाजुङ भन्ने ठाउँमा विमान दुर्घटना भएको भेटिएको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज शर्मा कडेले जानकारी दिए । उनले उठान भएको १८ मिनेटपछि सम्पर्कविहीन भएको बताए । घटनाबारे थप विवरण आउँन बाँकी रहेको छ ।

पोखराबाट १९ जना यात्रु र तीनजना चालक दलका सदस्य बोकेर जोमसोमका लागि उडेको जहाज दुर्घटनामा परेको हो । पोखरा विमानस्थलबाट उडेको ९ एन एइटी कलसाइनको ट्वीनअटर जहाज दुर्घटनामा परेको हो ।

जहाजमा चालक दलका सदस्य प्रभाकर घिमिरेले विहान ९ बजेर ५५ मिनेटमा जहाज उडाएका थिए ।

जहाज विहान १० बजेर १५ मिनेटमा जोमसोम विमानस्थलमा अवतरण गर्नुपर्ने थियो । ४ जना भारतीय पर्यटक सहित ६ जना विदेशी र १३ जना नेपाली यात्रु रहेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.