श्रीमानको यातनाबाट गम्भीर घाइते चितवनकी माझीको उपचारको क्रममा मृत्यु

श्रीमानको यातनाबाट गम्भीर घाइते चितवनकी माझीको उपचारको क्रममा मृत्यु

१७ जेष्ठ, काठमाडौँ । श्रीमानको यातनाबाट गम्भीर घाइते भएकी चितवन खैरहनीकी गीता माझीको उपचारको क्रममा ज्यान गएको छ ।

माझीको गएराति भरतपुर अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी नरहरि अधिकारीले जानकारी दिए ।

श्रीमानले मलद्वारबाट लौरो घुसाएको कारण उनको मलद्वार र यौनाङ्ग बीचको भाग च्यातिएको थियो ।

गएको बिहीबार घाइते भएकी उनको भरतपुर अस्पतालमा हिजो शल्यक्रिया गरिएको थियो । तर, राति ११ बजे मुटुको धड्कन बन्द भएर उनको ज्यान गएको डाक्टरलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।

उनका श्रीमान ४० वर्षका रामचन्द्र माझीलाई पक्राउ गरी ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.