बजेट सत्तारुढ दलको चुनावी घोषणापत्र जस्तैः विष्णु पौडेल

बजेट सत्तारुढ दलको चुनावी घोषणापत्र जस्तैः विष्णु पौडेल

१७ जेष्ठ, काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकारले ०७९/८० का लागि ल्याएको बजेट सत्तारुढ दलको चुनावी घोषणापत्र जस्तै भएको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बजेटमाथि सुरु भएको छलफलमा उनले बजेट सत्तारुढ गठबन्धनको चुनावी घोषणापत्र र चुनावी प्रचार जस्तो देखिएको बताए । उनले मतदातालाई झुक्क्याएर भोट बटुल्ने हिसाबले बजेट सार्वजनिक गरिएको भन्दै सरकारको टिप्पणी गरे ।

राज्यको स्रोतलाई दुरुपयोग गर्दै आफ्ना मतदाता रिझाउनका लागि मात्रै बजेट ल्याइएको उनको आरोप छ ।

उनले बजेटमा अर्थतन्त्रको चुनौतीलाई बेवास्ता गरिएको पनि आरोप लगाए । अस्ति अर्थमन्त्री जर्नादन शर्माले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.