दिउँसो वाग्मती र गण्डकी प्रदेशसहित अन्य केही ठाउँमा पानी पर्ने सम्भावना

दिउँसो वाग्मती र गण्डकी प्रदेशसहित अन्य केही ठाउँमा पानी पर्ने सम्भावना

१७ जेष्ठ, काठमाडौँ । अहिले वाग्मती प्रदेशका एक दुई ठाउँमा हल्का वर्षा भइरहेको छ । प्रदेश १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ ।

आज दिउँसो वाग्मती र गण्डकी प्रदेशसहित अन्य केही ठाउँमा मेघगर्जन, चट्याङसहित पानी पर्ने मौसमविद्ले बताएका छन् ।

नेपालमा अहिले स्थानीय वायुसँगै भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यूनचापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ ।

प्रि मनसुन अन्तिम चरणमा आइपुगेसँगै मनसुनी गतिविधि सुरु हुन थालेको छ । यसपालि मनसुन तोकिएकै मिति जुन १३ तारिखकै आसपासमा भित्रने अनुमान गरिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.