इटलीलाई हराउँदै अर्जेन्टिनाले जित्यो ‘फाइनलसिमा’ सन् २०२२ को उपाधि

इटलीलाई हराउँदै अर्जेन्टिनाले जित्यो ‘फाइनलसिमा’ सन् २०२२ को उपाधि

१९ जेष्ठ, एजेन्सी । इटलीलाई हराउँदै अर्जेन्टिनाले ‘फाइनलसिमा’ सन् २०२२ को उपाधि जितेको छ ।

वेम्बली मैदानमा गएराति भएको खेलमा इटलीलाई ३–० गोलले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो ।

अर्जेन्टिनाका लाउटरो मार्टिनेज, एन्जल डी मारिया र पाउलो डिबालाले एक-एक गोल गरे ।

कप्तान लिओनल मेस्सीले उत्कृष्ट प्रदर्शन गरे । उनले दुई असिस्ट गरे । फाइनलसिमामा युरोकप च्याम्पियन र कोपा अमेरिका च्याम्पियनबीच प्रतिस्पर्धा हुनेगर्छ । इटली युरोकप च्याम्पियन हो भने अर्जेन्टिना कोपा च्याम्पियन हो ।

फुटबल विकासका लागि फरक देश, महादेश र संस्कृतिलाई एक ठाउँमा ल्याउन खेल भएको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.