१९ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०७९र८० को लागि ६ वटा महानगरपालिकाले १० अर्ब ३१ करोड २९ लाख रुपैयाँ बजेट पाएका छन् । महानगरपालिकामध्ये सबैभन्दा धेरै बजेट पोखरा महानगरपालिका र सबैभन्दा कम विराटनगर महानगरपालिकाले पाएको छ ।
आगामी वर्षका लागि काठमाडौं, पोखरा र भरतपुर महानगरपालिकाले गत वर्षभन्दा बढी बजेट पाएका छन् भने वीरगञ्ज, विराटनगर र ललितपुरको बजेट घटेको छ ।
सबैभन्दा धेरै बजेट पाएको पोखरा महानगरपालिकाले कुल २ अर्ब ५८ करोड ४६ लाख रुपैयाँ बजेट पाएको छ ।
पोखराले चालु आर्थिक वर्षमा २ अर्ब ५६ करोड १६ लाख रुपैयाँ बजेट पाएको थियो । पोखरालाई आगामी वर्ष समपूरक अनुदानमा ४ करोड विशेष अनुदानमा २ करोड ८० लाख रुपैयाँ दिइएको छ ।
१ अर्ब ८५ करोड ८० लाख सशर्त अनुदान पाएको पोखराले ६५ कारेड ८६ लाख रुपैयाँ वित्तीय समानीकरण अनुदान पाएको छ ।
संघीय सरकारबाट काठमाडौं महानगरपालिकाले आगामी वर्षका लागि २ अर्ब ३ करोड ९९ लाख रुपैयाँ बजेट पाएको छ ।
चालु आर्थिक वर्षमा काठमाडौं २ अर्ब १ करोड ३७ लाख रुपैयाँ बजेट पाएको थियो । आगामी वर्षका लागि काठमाडौंले समपूरक र विशेष अनुदानमा बजेट पाएको छैन ।
७५ अर्ब ४९ करोड रुपैयाँ वित्तीय समानीकरण अनुदान पाएको काठमाडौंलाई १ अर्ब २८ करोड ५० लाख ससर्त रुपैयाँ अनुदान पठाइएको छ ।
सरकारले भरतपुर महानगरपालिकालाई आगामी वर्षका लागि १ अर्ब ८० करोड २४ लाख रुपैयाँ अनुदान बजेट दिएको छ ।
चालु आवका लागि भरतपुरले १ अर्ब ६४ करोड २८ लाख रुपैयाँ अनुदान पाएको थियो । जुन अनुदान गत वर्षको तुलनामा १५ करोड ९६ लाख रुपैयाँ बढी हो ।
भरतपुरले समपूरक २ करोड ५० लाख रुपैयाँ र विशेष अनुदान १४ करोड ८ लाख रुपैयाँ पाएको छ ।
१ अर्ब २२ करोड ४५ लाख सशर्त अनुदान पाएको भरतपुरले वित्तीय समानीकरण अनुदानमा ५१ करोड ६९ लाख रुपैयाँ हात पारेको छ ।
वीरगञ्ज महानगरपालिकाले १ अर्ब ४४ करोड ८६ लाख बजेट पाएको छ । चालु आवका लागि वीरगञ्जले १ अर्ब ४५ अर्ब ४० रुपैयाँ बजेट पाएको थियो ।
संघीय सरकारले आगामी वर्षका लागि वीरगञ्जलाई १० करोड रुपैयाँ समपूरक अनुदान र ६ करोड विशेष अनुदान दिएको छ ।
वीरगञ्जले ८० करोड ९८ लाख सशर्त र ४७ लाख ८८ हजार समानीकरण अनुदान पाएको छ ।
ललितपुर महानगरपालिकालाई आगामी वर्षका लागि कुल १ अर्ब २१ करोड ८९ लाख रुपैयाँ वित्तीय हस्तान्तरण भएको छ ।
चालु आवका लागि ललितपुरले १ अर्ब २२ करोड ५४ लाख रुपैयाँ बजेट पाएको थियो ।
आगामी वर्षका लागि ३ करोड रुपैयाँ समपूरक अनुदान पाएको ललितपुरलाई विशेष अनुदान दिइएको छैन ।
ललितपुरले सशर्त अनुदानमा ६५ करोड ९४ लाख रुपैयाँ र वित्तीय समानीकरण अनुदानमा ५२ करोड ९५ लाख रुपैयाँ पाएको छ ।
संघीय सरकारबाट विराटनगर महानगरपालिकाले आगामी वर्षका लागि १ अर्ब २१ करोड ८५ लाख बजेट पाएको छ ।
चालु आवका लागि विराटनगरले १ अर्ब १९ करोड ५३ लाख रुपैयाँ पाएको थियो ।
आगामी वर्षका लागि समपूरक अनुदान नपाएको विराटनगरले ४ करोड रुपैयाँ विशेष अनुदान पाएको छ ।
यो महानगरले ७२ करोड १७ लाख रुपैयाँ सशर्त र ४५ लाख ६८ हजार रुपैयाँ वित्तीय समानीकरण अनुदान पाउने भएको छ ।
कुन महानगरलाई कति बजेट
पोखरा महानगरपालिका– २ अर्ब ५८ करोड ४६ लाख रुपैयाँ
काठमाडौं महानगरपालिका– २ अर्ब ३ करोड ९९ लाख रुपैयाँ
भरतपुर महानगरपालिका– १ अर्ब ८० करोड २४ लाख रुपैयाँ
वीरगञ्ज महानगरपालिका– १ अर्ब ४४ करोड ८६ लाख रुपैयाँ
ललितपुर महानगरपालिका– १ अर्ब २१ करोड ८९ लाख रुपैयाँ
विराटनगर महानगरपालिका–१ अर्ब २१ करोड ८५ लाख रुपैयाँ