‘सिसडोललाई एक हप्ताभित्र दुर्गन्धमुक्त बनाउँछौँ’, मेयर साहको आश्वासन

‘सिसडोललाई एक हप्ताभित्र दुर्गन्धमुक्त बनाउँछौँ’, मेयर साहको आश्वासन

२० जेष्ठ ,काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साहले फोहर विर्सजन गर्ने नुवाकोटको सिसडोललाई एक हप्ताभित्र दुर्गन्धमुक्त बनाउने आश्वासन दिएका छन् ।

डेपुटी मेयर सुनिता डंगोलसहित आज शुक्रवार बिहान काठमाण्डौको फोहर विर्सजन गर्ने सिसडोलको अनुगमन गर्नेक्र ममा स्थानीयवासीको गुनासो सुनेपछि मेयर साहले केमिकल हालेर एक हप्ताभित्र त्यहाँ दुर्गन्ध आउने अवस्थाको अन्त्य गर्ने बताएका छन्।

त्यसका लागि आफूले विज्ञहरूसँग आवश्यक छलफल गरेको पनि उनले बताए । मेयर साहले तीन महिनाभित्र मल र ग्यास दुवै निकाल्न सुरु गरेर त्यहाँको फोहर व्यवस्थापन गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

मेयर साहले फोहर व्यवस्थापनका लागि सड्ने र नसड्ने फोहर छुट्टयाउनुपर्ने उल्लेख गर्दै त्यसका लागि छिट्टै काठमाण्डौवासीको घरघरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने योजना पनि सार्वजनिक गरे ।

त्यस अवसरमा उनले तत्कालका लागि भने काठमाण्डौमा थुप्रिएको फोहर व्यवस्थापनमा अवरोध नगर्न पनि स्थानीयवासीसँग आग्रह गरे ।

मेयर साहले आफ्नो पहिलो प्राथमिकता काठमाण्डौको फोहरबाट सिर्जित समस्या समाधान गर्नुरहेको पनि पटक–पटक दोहोर्‍याए ।

स्थानीयवासीले भने आफूहरूको माग सम्बोधन नगरेसम्म काठमाण्डौको फोहर विर्सजन गर्न दिन नसकिने अडान राखेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.