आशिफ शेख र कुशल भुर्तेल घाइते भएपछी लिग–टू खेल्न सुवास खकुरेललाई अमेरिका बोलाइयो

आशिफ शेख र कुशल भुर्तेल घाइते भएपछी लिग–टू खेल्न सुवास खकुरेललाई अमेरिका बोलाइयो

२२ जेष्ठ ,एजेन्सी । विश्व कप क्रिकेट लिग–टू खेल्न अमेरिका पुगेको नेपाली टोलीका २ जना महत्त्वपूर्ण सदस्य घाइते भएका छन् ।

ओपनर तथा विकेटकिपर आशिफ शेख र कुशल भुर्तेल घाइते भएका नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ ।

प्रतियोगिता सुरु हुने बेला अर्थात् जुन ९ तारिखसम्म पनि उनीहरू निको नहुन सक्ने भएकाले क्यानले नेपालबाट सुवास खकुरेललाई अमेरिका बोलाएको छ ।

अमेरिका भ्रमणमा रहेको नेपालले आउँदो बिहीवार ओमानसँग खेल्दैछ । बिहीवारसम्म शेख र भुर्तेल निको नहुने आशंकामा खकुरेललाई अमेरिका बोलाइएको हो ।

लिग अन्तर्गत नेपाल, अमेरिका र ओमानबीच त्रिदेशीय एकदिवसीय शृङ्खला हुन लागेको हो ।

 

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.