प्रहरीले नै मिलेर गरे व्यवसायीको ३५ लाख रुपैयाँ लुटपाट

प्रहरीले नै मिलेर गरे व्यवसायीको ३५ लाख रुपैयाँ लुटपाट

२३ जेठ, काठमाडौं । लैनचौरमा प्रहरीले नै मिलेर व्यवसायीको ३५ लाख रुपैयाँ लुटपाट गरेको भेटिएको छ ।

घटनामा संलग्न भएको आरोपमा प्रहरी वृत्त मालिगाउँका हवल्दार सालिकराम नेपाली पक्राउ परेका छन्, थप दुईजना प्रहरी अधिकारी फरार छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार लुटपाटमा संलग्नता देखिएपछि नेपाली र नुवाकोटका पेम्बा तामाङ पक्राउ परेका छन् ।

उनीहरुलाई प्रहरी वृत्त, सोह्रखुट्टेको हिरासतमा राखिएको छ ।गत ८ जेठमा सस्तोमा एक किलो सुन विक्री गर्ने भन्दै एक समूहले ती व्यवसायीलाई बोलाएको थियो ।

तर पैसा लिएर गएका उनी अज्ञात समूहबाट लुटपाटमा परेका थिए । अनुसन्धानका क्रममा लुटपाट गर्ने समूहमा प्रहरीको समेत संलग्नता भेटिएको थियो ।

पक्राउ परेका दुवै जनाविरुद्ध मुलुकी अपराध संहिता को डाँका चोरी सम्बन्धी कसूरमा अदालतबाट ५ दिन म्याद लिएर अनुसन्धान भइरहेको एसपी मैनालीले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.