पहिरोका कारण मध्यपहाडी लोकमार्गको बाग्लुङ खण्डको सडक बन्द

पहिरोका कारण मध्यपहाडी लोकमार्गको बाग्लुङ खण्डको सडक बन्द

२६ जेष्ठ, बाग्लुङ । दुई दिनदेखिको वर्षासँगै खसेको पहिरोका कारण मध्यपहाडी लोकमार्गको बाग्लुङ खण्डअन्तर्गत घोडाबाँधे–हटिया सडक गएरातिदेखि बन्द भएको छ ।

सडक बन्द हुँदा लोकमार्ग भएर चल्ने लामो तथा छोटो दूरीका गाडी बाटोमै थन्किएका छन् । यात्रुले सास्ती बेहोरिरहेका छन् ।

ठाउँठाउँमा खसेको पहिरोले लोकमार्ग क्षतविक्षत बनेको छ । गलकोट नगरपालिकाका प्रवक्ता हेमन्त भण्डारीका अनुसार अहिले डोजरले पहिरो पन्छाएर बन्द सडक खुलाउने काम भइरहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.