विश्वकप लिग टुः नेपाली टोलीले आज ओमानसँग खेल्दै

विश्वकप लिग टुः नेपाली टोलीले आज ओमानसँग खेल्दै

२६ जेष्ठ, काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको श्रृङ्खलाका लागि अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज ओमानसँग खेल्दै छ ।

खेल नेपाली समय अनुसार राति सवा ९ बजे हुनेछ । नेपाल आज ओमानलाई हराउँदै श्रृङ्खलामा सुखद सुरुवात गर्न चाहन्छ । श्रृङ्खला अन्तर्गत नेपालले दोस्रो खेल अमेरिकासँग आउँदो ३० गते खेल्नेछ ।

नेपालले तेस्रो खेलमा फेरि ओमानसँग ३१ गते र अन्तिम खेलमा नेपालले अमेरिकासँग असार १ गते खेल्ने छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.