भित्री वस्त्रमा लुकाएर सुन तस्करी गरेको अभियोगमा एकजना पक्राउ

भित्री वस्त्रमा लुकाएर सुन तस्करी गरेको अभियोगमा एकजना पक्राउ

२६ जेष्ठ, काठमाडौं । शरीरमा लगाएको भित्री वस्त्रमा फल्स पकेट बनाएर सुन तस्करी गरेको अभियोगमा एकजना त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन् ।

कतार एयरवेजको उडानमार्फत बिहीबार बिहान ९ः४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट धनुषाका एकजनालाई पक्राउ गरिएको विमानस्थल भन्सार प्रमुख महेश भट्टराईले बताए ।

उनका अनुसार बिहीबार यात्रु चेकजाँच गर्ने क्षेत्रमा शंकास्पद लागेपछि उनको शरीर तथा सामान चेकजाँच गरिएको थियो ।

त्यतिवेला उनको भित्री वस्त्र शंकास्पद लागेपछि खनतलासी गर्दा फल्स पकेट बनाएर सुन लुकाएको पाइएको थियो ।

भट्टराईका अनुसार उनको कट्टुमा विष्कुट आकारको सुन ४ वटा गरी जम्मा ४६६.५ ग्राम बरामद भएको थियो ।

साथै, सिक्री आकारको ५० ग्राम सुन पनि बरामद भएको थियो । उनीमाथि थप अनुसन्धान भइरहेको भट्टराईले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.