नेपाल जोर्डनसँग २–० ले पराजित

नेपाल जोर्डनसँग २–० ले पराजित

२६ जेष्ठ, काठमाडौँ । एएफसी एसियन कप छनोट अन्तर्गत पहिलो खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ ।

कुवेतमा रहेको जाबेर अल अहमद रङ्गशालामा भएको खेलमा नेपाल २–० ले पराजित भएको हो ।

खेलको पहिलो हाफमा गोल रहित बराबरी भएकोमा दोस्रो खेलमा जोर्डनले दुई गोल गर्यो । खेलको ६८ औँ मिनेटमा जोर्डनका लागि अली अल्वानले गोल गरे ।

यस्तै ८२ औँ मिनेटमा नेपालका सुमन अर्यालले डिबक्समा फल गरेपछि पाएको अवसरमा जोर्डनका हम्जा अल दरदुरले गोल गरे ।

यो जितसँगै जोर्डनले पहिलो खेलमा ३ अङ्क जोडेको छ । नेपालले हारबाट छनोटको सुरुआत गरेको छ । छनोटको समूह ’ए’ मा रहेको नेपालले अब शनिवार घरेलु टोली कुवेत र आउँदो ३१ गते इन्डोनेसियासँग खेल्नेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.