एमालेले रक्षा, अर्थ, शिक्षा र खानेपानी मन्त्रालयको खर्च एक रुपैयाँ कायम गर्न प्रस्ताव गर्ने

एमालेले रक्षा, अर्थ, शिक्षा र खानेपानी मन्त्रालयको खर्च एक रुपैयाँ कायम गर्न प्रस्ताव गर्ने

२६ जेष्ठ, काठमाडौँ । नेकपा एमालेले रक्षा, अर्थ, शिक्षा र खानेपानी मन्त्रालयको खर्च कटौती गरेर एक रुपैयाँ कायम गर्न प्रस्ताव गर्ने भएको छ ।

आजको प्रतिनिधि सभा बैठकमा एमाले सांसदहरुले रक्षा, अर्थ, शिक्षा र खानेपानी मन्त्रालयको खर्च कटौतीको प्रस्ताव गर्ने भएका हुन् ।

संसद सचिवालयले सार्वजनिक गरेको आजको बैठकको कार्यसूचीमा यज्ञराज सुनुवारले शिक्षा मन्त्रालयको, सूर्यप्रसाद पाठकले खानेपानी मन्त्रालयको, भीम रावलले अर्थ मन्त्रालयको र नवराज सिलवालले रक्षा मन्त्रालयको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ ।

आजको बैठकमा सत्ता गठबन्धनको एक घटक राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य दुगौ पौडेलले र नेमकिपाका प्रेम सुवालले पनि यी चार मन्त्रालयको खर्च कटौतीको प्रस्ताव गर्ने उल्लेख छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.