१२ देखि १७ वर्ष उमेर समूहकालाई आजदेखि कोरोनाको बुस्टर डोज दिइँदै

१२ देखि १७ वर्ष उमेर समूहकालाई आजदेखि कोरोनाको बुस्टर डोज दिइँदै

२७ जेष्ठ, काठमाडौँ । सरकारले १२ देखि १७ वर्ष उमेर समूहकालाई आजदेखि कोरोनाविरुद्धको बुस्टर डोज दिँदैछ । दोस्रो मात्रा लगाएको तीन महिना पूरा भएकाहरुले उक्त बुस्टर डोज लगाउन सक्ने छन् ।

यसअघि १२ देखि १७ वर्ष उमेर समूहलाई गत पुस ४ गतेदेखि कोरोनाविरुद्धको खोप दिइएको थियो । उनीहरुलाई आजबाट बुस्टर डोजको रुपमा मोडर्ना वा फाइजर खोप दिने सरकारको तयारी छ ।

यसअघि जुन खोप लगाएकाले पनि बुस्टर डोजको रुपमा मोडर्ना वा फाइजर खोप लगाउन सक्ने स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ ।

१२ देखि १७ बर्षसम्मका बुस्टर डोज मोडर्ना तथा फाइजर जुन लगाए पनि हुने खोप शाखा प्रमुख सागर दाहालले बताएका छन् ।

पहिला खोप सञ्चालन गरेको केन्द्र वा वडा कार्यालयमा सम्पर्क राखेर खोप लगाउन जान सकिन्छ ।

फाइजर खोप बुस्टर लगाउँदा ०.३ एमएल र मोडर्ना खोप बुस्टरको रुपमा दिँदा ०.२५ एमएल दिनुपर्ने हुन्छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.