सप्तरीका मिटरब्याजी रामदेव तेलीलाई पक्राउ गर्न प्रधानमन्त्रीको निर्देशन

सप्तरीका मिटरब्याजी रामदेव तेलीलाई पक्राउ गर्न प्रधानमन्त्रीको निर्देशन

२७ जेष्ठ, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका मिटरब्याजी रामदेव तेलीलाई तत्काल पक्राउ गरेर अनुसन्धान अघि बढाउन निर्देशन दिएका छन् ।

प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाँणलाई यस्तो निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।

तेलीले सप्तरीका विपन्न नागरिकलाई चर्को व्याजमा ऋण दिएर शोषण गरेको समाचार सार्वजनिक भएको थियो ।

त्यसपछि प्रतिनिधि सभा बैठकमा नै सांसदहरुले मिटर व्याजीलाई पक्रउ गरेर कारबाही गर्न सरकारसँग माग गरेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.