यातायात व्यवस्था विभागद्धारा लामो दुरीको सार्वजनिक गाडीको भाडा वृद्धी

यातायात व्यवस्था विभागद्धारा लामो दुरीको सार्वजनिक गाडीको भाडा वृद्धी

२७ जेष्ठ ,काठमाण्डौ ।लामो दुरीको सार्वजनिक गाडीको भाडा बढेको छ ।

इन्धनको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा बढाएको हो ।

गए रातिदेखी पेट्रोल लिटरको आठ, डिजल र मट्टीतेल लिटरको १२ रुपैयाँ बढेपछि स्वचालित मूल्य प्रणालीअनुसार गाडी भाडा दुई दशमलव पाँच प्रतिशत बढाएको विभागले जनाएको छ ।

यसअघि इन्धनको भाउ घटेपछि जेठ २० गते दुई दशमलव ६ प्रतिशत घटेको थियो ।

विभागले पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीको भाडा ३ दशमलव ३ प्रतिशत र तराईमा चल्ने मालवाहक गाडीको भाडा ३ दशमलव ७ प्रतिशत बढाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.