पाल्पामा जबरजस्ती करणी गर्न खोज्ने एक जना पक्राउ

पाल्पामा जबरजस्ती करणी गर्न खोज्ने एक जना पक्राउ

२७ जेठ, पाल्पा । पाल्पामा जबरजस्ती करणी गर्न खोजेको आरोपमा एक जनालाई प्रहरीले पक्रेको छ ।

बिहीबार बिहान तानसेन नगरपालिका वडा नं ५ स्थित गाईखर्कमा १८ वर्षीया किशोरीलाई करणीको प्रयास गरेको आरोपमा तानसेन १२ का राजु विकलाई प्रकाउ गरेको प्रहरीले जनाएको छ ।

विकले बिहानको समयमा बाटो नजिकै जबरजस्ती करणीको प्रयास गरेको भन्दै किशोरीले स्थानीयमार्फत प्रहरीलाई जानकारी दिएको र सोही आधारमा उनलाई

पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले बताए ।

थापाका अनुसार पक्राउ परेका विकलाई म्याद थप गरी जबरजस्ती करणी उद्योग मुद्दा अघि बढेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.