काठमाडौंमा आफ्नै घरको छतबाट खस्दा एक युवकको मृत्यु

काठमाडौंमा आफ्नै घरको छतबाट खस्दा एक युवकको मृत्यु

२८ जेठ, काठमाडौं । काठमाडौंको सीतापाइलामा आफ्नै घरको छतबाट खस्दा एक युवकको मृत्यु भएको छ ।

शनिबार दिउँसो नागार्जुन नगरपालिका ४ सीतापाइलाका ३७ वर्षका जितेन्द्र श्रेष्ठ पानी भर्ने क्रममा चिप्लेर पाँचौं तलाबाट खस्दा गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारका लागि सीतापाइलाको शुभेच्छा अस्पताल लगिएको र अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.