एएफसी एसियन कप छनोटमा नेपाल कुवेतसँग पराजित

एएफसी एसियन कप छनोटमा नेपाल कुवेतसँग पराजित

२९ जेष्ठ, काठमाडौँ । एएफसी एसियन कप छनोटमा नेपाल कुवेतसँग ४–१ गोलले पराजित भएको छ ।

गएराति कुवेतको जाबिर अल अहमद मैदानमा भएको खेलमा नेपाल आयोजक कुवेतसँग ४–१ गोलले पराजित भएको हो ।

घरेलु टोलीका युसेफ अलसुलिमानले दुई गोल गरे । यस्तै, फाहद अल्रेशिदी र मोबारक अल्फानिनीले एक-एक गोल गरे ।

नेपालका दर्शन गुरुङले एक गोल फर्काए । नेपालको लगातार यो दोस्रो हार हो । यसअघि पहिलो खेलमा नेपाल जोर्डनसँग २–० ले पराजित भएको थियो ।

छनोटको समूह ‘ए’ मा रहेको नेपाल अङ्कविहीन छ । हारसँगै नेपालको एसिया कपमा छनोट हुने सम्भावना लगभग सकिएको छ ।

कुवेतको यो पहिलो जित हो । कुवेत २ खेलमा ३ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ । पहिलो खेलमा कुवेत इन्डोनेसियासँग पराजित भएको थियो । छनोट अन्तर्गत नेपालले अन्तिम खेलमा पर्सि जेठ ३१ गते इन्डोनेसियासँग खेल्नेछ ।

यसैबीच कुवेतसँगको खेलमा अचेत हुँदै मैदानमा ढलेका नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

अखिल नेपाल फुटबल सङ्घ एन्फाले मुख्य प्रशिक्षक अलमुताइरीको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.