इटहरीमा घरमा पसेको चितुवाको सकुशल उद्धार

इटहरीमा घरमा पसेको चितुवाको सकुशल उद्धार

३० जेठ, सुनसरी । इटहरी उमहानगरपालिकाका बासिन्दाको घरमा पसेको चितुवाको सकुशल उद्धार गरिएको छ ।

इटहरीके जुट विकास टोल आसपासमा चितुवा देखिएको थियो ।

चितुवालाई सुरक्षाकर्मी तथा वन्यजन्तु सम्बन्धी प्राविधिकको सहयोगमा नियन्त्रण लिइएको हो ।

चितुवालाई हाललाई डिभिजन बन कार्यालय, इनरूवा, सुनसरी पठाइएको प्रहरीले जनाएको छ ।

चितुवा देखिएको क्षेत्रका बासिन्दा त्रसित थिए भने प्रशासनले चितुवा नियन्त्रणमा नलिउन्जेलसम्म सर्वसाधारणलाई घर बहिर निस्कन आग्रह गरेको थियो ।

तर चितुवालाई नियन्त्रणमा लिएपछि जनजीवन सामान्य बनेको छ ।

 

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.