म्यानचेष्टर सिटीले नर्वेजियन युवा स्ट्रइकर एर्लिङ हालान्डलाई अनुबन्ध गर्यो

म्यानचेष्टर सिटीले नर्वेजियन युवा स्ट्रइकर एर्लिङ हालान्डलाई अनुबन्ध गर्यो

३० जेठ, एजेन्सी। प्रिमियर लिग च्याम्पियन म्यानचेष्टर सिटीले नर्वेजियन युवा स्ट्रइकर एर्लिङ हालान्डलाई अनुबन्ध गरेको छ ।

जर्मन क्लब बोरुसिया डर्टमण्डबाट खेल्दै आएका २१ वर्षीय हालान्डले सिटीसँग ५ वर्षको सम्झौता गरेका छन् ।

अब उनी २०२७ को समरसम्म सिटीमा रहनेछन् । सिटीका पूर्व खेलाडी अल्फी हालान्डका छोरा एर्लिङ हालान्ड २२ वर्षपछि आफ्नै बाबुको क्लबमा अनुबन्धित भएका हुन् ।

वर्तमान विश्व फुटबलका चर्चित युवा स्टार हालान्डले साढे दुई वर्ष डर्टमण्डमा रहँदा ८९ खेलमा ८६ गोल गरेका थिए ।

उनले जर्मन कप जित्नुका साथै बुण्डेसलिगा प्लेयर अफ दि सिजनको अवार्ड समेत जितेका थिए ।

‘यो म र मेरो परिवारको लागि गर्वको दिन हो’, सिटीसँग सम्झौता गरेपछि हालान्डले भने ।

हालान्डले सिटीका विश्वस्तरीय खेलाडी रहेको र पेप ग्वार्डिओला अहिलेसम्मकै उत्कृष्ट प्रशिक्षक मध्ये एक रहेको बताउँदै आफ्नो महत्वाकाँक्षा पूरा गर्न सही ठाउँमा पुगेको बताए ।

‘म गोल गर्न चाहन्छु र ट्रफी जित्न चाहन्छु । फुटबलकरो रुपमा अझ सुधार गर्न चाहन्छु र त्यो यहाँ गर्न सक्नेमा म विश्वस्त छु’, उनले भने ।

यस्तै सिटीका फुटबल निर्देशक टिकी बेगिरिस्टनले हालान्डलाई केही वर्षदेखि हेर्दै आएको र क्लबमा ल्याउदा पाउँदा उत्सहित रहेको बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.