राष्ट्रिय सभाको बैठक असार २ गते बिहिबार बस्ने

राष्ट्रिय सभाको बैठक असार २ गते बिहिबार बस्ने

३१ जेष्ठ ,काठमाण्डौ । राष्ट्रिय सभाको बैठक आउँदो असार २ गते बस्ने भएको छ । बैठक असार असार १ गते बस्ने भनिए पनि विशेष कारणले असार २ गते बस्ने भएको हो ।

राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन बस्न नसक्ने भएकाले असार २ गते दिउँसो १ बजे बस्ने गरी निर्धारण भएको सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमद्धारा निकालिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभा नियमावली २०७५ को नियम ६ को उपनियम ९३० बमोजिम त्यस दिनका लागि बैठक बस्ने निर्धारण गर्नुभएको छ’, सूचना भनिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.