जिल्ला समन्वय समिति मोरङमा एमालेको प्यानलै विजयी

जिल्ला समन्वय समिति मोरङमा एमालेको प्यानलै विजयी

३१ जेठ, विराटनगर । मोरङको जिल्ला समन्वय समिति जिससमा नेकपा एमालेको प्यानल नै निर्वाचित भएको छ ।

विराटनगरमा मंगलबार भएको निर्वाचनबाट प्रमुखमा अजम्बर राई प्रमुख र उषा झा उपप्रमुखमा २१र२१ मत ल्याएर विजयी भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

काङ्ग्रेसबाट प्रमुखको उम्मेदवार रहेका जितेन्द्र अग्रवाल र उपप्रमुख उम्मेदवार निलमकुमारी सरदारले १३र१३ मत मात्रै ल्याएका छन् ।

महिला सदस्यमा एमालेका उम्मेदवारहरु उमा नेपाली, उर्वशीकुमारी थारु र हरिमाया विश्वकर्मा विजयी भएका छन् ।

उनीहरुमध्ये नेपालीले २३, थारु र विश्वकर्माले २१र२१ मत प्राप्त गरे ।

काङ्ग्रेसका तर्फबाट महिला सदस्यको उम्मेदवार रहेका गीताकुमारी विश्वकर्माले ११, जुमु खातुनले र मीनादेवी विश्वासले १३र१३ मत पाएका छन् ।

जिससको अन्य सदस्यमा एमालेका तुलसीप्रसाद घिमिरे, देवमणि कटुवाल र मित्रप्रसाद ढकाल निर्वाचित भएका छन् । घिमिरे र ढकालले २२र२२ तथा कटुवालले २१ मत ल्याएका छन् ।

अन्य सदस्यमा काङ्ग्रेसको तर्फबाट उम्मेदवार रहेका इम्तियाज अन्सारीको १२ र कल्याण लामिछानेको १३ मत आएको छ ।

दलितरअल्पसङ्ख्यकबाट सदस्यमा एमालेका चन्द्रबहादुर सरदार निर्विरोध निर्वाचित भएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.