एसपीपीमा आबद्ध हुने निर्णय नभएको र जोडिने सोच पनि नरहेको गृहमन्त्री खाणको भनाई

एसपीपीमा आबद्ध हुने निर्णय नभएको र जोडिने सोच पनि नरहेको गृहमन्त्री खाणको भनाई

२ असार ,काठमाण्डौ । सरकारले अमेरिकासँग स्टेट पार्टनरशिप प्रोग्राम एसपीपी मा नेपाल आबद्ध हुने कुनै निर्णय र तयारी नभएको दोहोर्‍याएको छ ।

आउँदो आर्थिक वर्षका लागि पेस भएको बजेटमा रक्षा मन्त्रालयसँग सम्बन्धित उठेका प्रश्नको प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट जवाफ दिँदै गृहमन्त्री

बालकृष्ण खाणले एसपीपीमा आबद्ध हुने कुनै निर्णय सरकारले नगरेको बताए ।

‘एसपीपीमा आबद्ध हुने निर्णय भएकै छैन र आबद्ध हुने सोच पनि छैन, यसमा कसैले पनि शङ्का गर्नुपर्दैन’, प्रधानमन्त्रीको तर्फबाट गृहमन्त्री खाणले भने ।

उनले नेपालको भूमि मित्र राष्ट्रहरूविरुद्ध प्रयोग हुन नदिन सरकार पूर्ण प्रतिबद्ध रहेको भन्दै राष्ट्रिय सुरक्षा र प्रतिरक्षाका विषयमा सरकारले संविधानमा भएको

व्यवस्था, राष्ट्रिय हित, चासो र नागरिकको इच्छालाई केन्द्रविन्दुमा राखेर काम गरिरहेको पनि दाबी गरे ।

आजको बैठकको सुरुमै नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एसपीपी सम्झौता एमाले सरकारका पालामा अगाडि बढेको प्रमाण दिन चुनौती दिए।

आजै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीका पालामा सन् २०१९ मा एसपीपी अगाडि बढेको बताएकोप्रति आपत्ति जनाउँदै

उपाध्यक्ष पोखरेलले एमाले सरकारका पालामा अगाडि बढेको प्रमाण पेस गरे जिम्मेवारी लिन तयार रहेको बताए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.