‘कर्णाली सिंहदरबार’ बनाउने कर्णाली प्रदेश सरकारको तयारी

‘कर्णाली सिंहदरबार’ बनाउने कर्णाली प्रदेश सरकारको तयारी

२ असार, सुर्खेत । कर्णाली प्रदेश सरकारले आठवटै मन्त्रालय एउटै कम्पाउन्डभित्र बनाउने भएको छ ।

जस्लाई कर्णाली सिंहदरबार नाम दिइएको छ ।

हाल वीरेन्द्रनगर–७, इत्रामस्थित प्रदेश सरकारका मन्त्रालयहरु र केही सरकारी कार्यालयहरु रहेका छन् ।

सोही ठाउँलाई घेरबार गरेर कर्णाली सिंहदरबार बनाईने आर्थिक मामिला तथा योजना मन्त्री बिन्दमान विष्टले जानकारी दिए ।

बजेटबारे जानकारी दिन बिहिवार मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री विष्टले भने, ञहामीले यो गत आर्थिक वर्षमै बनाउँन खोजेका थियौं तर सफल हुन सकेको थिएन् । आगामी आर्थिक वर्षबाट कार्यन्वयनमा आउँछ । त्यसका लागि बजेटपनि छुट्याएका छौं।’

उनका अनुसार कर्णाली सिंहदरबार निर्माणका लागि सरकारले विस्तृत परियोजना प्रतिवेदन डीपीआर समेत तयार पारेको थियो ।

तर संगठन संरचना फेरबदल भएपछि पुनः डीपीआर गरिने छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय अगाडिको जग्गामा भवन निर्माण हुनेछ ।

झण्डै दुई बिघा जग्गामा आठवटै मन्त्रालयका भवन बनाइनेछ ।

त्यस्का लागि प्रदेश सरकारले १५ करोड रुपैयाँ विनियोजन गरेको छ ।

कर्णाली सिंहदरबार निर्माण भए सुरक्षाको दृष्टिले सहज हुनेछ । नागरिकले एउटै छाताबाट सुरक्षा पाउँने मन्त्री विष्टको भनाइ छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.