३ असार, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले फेरि विवादमा आएका छन् ।
उनले नेपाल एअरलाइन्सका अध्यक्ष युवराज अधिकारीसँग अश्लील शब्द प्रयोग गरी गाली गरेको अडियो सार्वजनिक भएको छ ।
अश्लील गालीगलौज समेटिएको अडियो सार्वजनिक भएपछि उनको चर्को विरोध भइरहेको छ ।
यसअघि पनि मन्त्री आलेले भारतको मुम्बई पुगेका एक नेपाली युवकसँग गालीगलौज गरेको अडियो सार्वजनिक भएको थियो ।