२४ घन्टामा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि

२४ घन्टामा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि

३ असार,काठमाण्डौ । पछिल्लो २४ घन्टामा देशभर थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ३४ जनामा संक्रमण पुष्टि भएको हो।

३ हजार ६१० जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

दुई हजार २३४ जनाको पिसिआर र एक ३७६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर १०४ जना सक्रिय संक्रमित छन्।

१५ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.