रुपन्देहीको जिल्ला समन्वय समितिमा गठबन्धनको प्यानल नै विजयी

रुपन्देहीको जिल्ला समन्वय समितिमा गठबन्धनको प्यानल नै विजयी

४ जेष्ठ ,काठमाण्डौ । जिल्ला समन्वय समिति रुपन्देहीमा सत्तारुढ गठबन्धनको प्यानल नै विजयी भएको छ।

शनिवार सम्पन्न निर्वाचनमा समितिको प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उमाकान्त चापागाईँ २० मत ल्याइ विजयी भएका हुन्।

सत्तारूढ दलहरूले गठबन्धन गरेर जाँदा एमाले भने एक्लै निर्वाचनमा उभिएको थियो।

चापागाईँले २० मत ल्याउँदा एमालेका नरबहादुर घर्ती मगरले १२ मत ल्याएका छन्।

रुपन्देहीका १६ वटा स्थानीय तहका प्रमुख उपप्रमुख गरी समितिको निर्वाचनमा ३२ जनाले भाग लिएका थिए।

त्यस्तै उपप्रमुखमा लोसपाका रामकृपाल धोबीले १६ मत ल्याएर बिजयी हुँदा एमालेकी पवित्रा देवी श्रेष्ठले १५ मत ल्याएकी थिइन्।

यस्तै महिला सदस्यमा नेपाली कांग्रेसकी बिष्णुमाया सुवेदी जयसवाल, दलित वा अल्पसंख्यकमा कांग्रेसकै राजमन प्रसाद हरिजन, सदस्यमा कांग्रेसकै अब्दुल मोकिम मुसलमान, ऋषीराम बस्याल र लोसपाका मुकेश कुमार पाण्डे विजयी भएका छन्।

यस्तै नेकपा माओवादी केन्द्रकी मन्जु परियार, लोसपाकी बुधनी चमार पनि सदस्यमा विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.