४ जेष्ठ, काठमाण्डौ ।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्रैको आन्तरिक कमजोरीले स्थानीय तहमा निर्वाचनमा पराजय व्यहोरेको बताएका छन् ।
पार्टीको युवा विशेष जिल्ला कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले पार्टीभित्रैकै कमजोरी हारको मुख्य कारण बताएका हुन् ।
संघीय र प्रादेशिक संसदको निर्वाचनमा कमजोरी सुधारेर अघि बढ्न उनले कार्यकर्तालाई निर्देशन दिएका छन् ।
स्थानीय चुनावमा हामीलाई समय कम भयो र हामीले धेरै ठाउँमा पराजय व्यहोर्यौँ ।
हामी अब बुथ केन्द्रित संगठन निर्माणमा अघि बढ्नुपर्छ । जनताको विश्वासलाई जितेर समानुपातिक मत बढाउनुपर्छ,उनले भने ।