भारत र बङ्गलादेशमा भीषण बर्षाले जनजीवन प्रभावित, ५९ जनाको मृत्यु

भारत र बङ्गलादेशमा भीषण बर्षाले जनजीवन प्रभावित, ५९ जनाको मृत्यु

६ असार, एजेन्सी । भिषण वर्षाका कारण भारत र बङ्गलादेशको जनजीवन प्रभावित भएको छ ।

बाढी र पहिरो तथा चट्याङ्गमा परेर ५९ जनाको ज्यान गएको छ । कयौँ बाढी पहिरोमा फसेका छन् ।

बाढी पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने जनाइएको छ । त्यहाँको मौसम विभागले अझै केही दिन भिषण वर्षाको चेतावनी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

बङ्गलादेशमा सरकारी अधिकारीले अहिलेको बाढी सन् २००४ पछिकै सबैभन्दा ठूलो भएको बताएका छन् ।

यस्तै, भारतको मौसम विभागले केरला, मुम्बई, बिहार, झारखण्ड, पश्चिम बङ्गाल, ओडिसा लगायत क्षेत्रमा आज पनि ठूलो वर्षाको चेतावनी दिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.