काभ्रेमा एमबिबिएस पढ्ने विद्यार्थीले पाए एक लाख रूपैयाँ छात्रवृत्ति

काभ्रेमा एमबिबिएस पढ्ने विद्यार्थीले पाए एक लाख रूपैयाँ छात्रवृत्ति

१० असार,काठमाण्डौ । काभ्रेको बेथानचोक गाउँपलिकाले एमबिबिएस पढ्ने एक विद्यार्थीलाई एक लाख रूपैयाँ छात्रवृत्ति दिएको छ।

बेथानचोक गाउँपालिका वडा नम्बर ३ घर भई एमबिबिएस दोस्रो वर्षमा पढ्दै आएका विजय घलानलाई एक लाख छात्रवृत्ति दिइएको हो।

उनी पाकिस्तानस्थित फैसलावाद मेडिकल युनिभर्सिटिमा एमबीबीएस पढ्दैछन्।

गाउँपालिका अध्यक्ष भगवान अधिकारीले पदभार ग्रहण गरेसँगै प्राविधिक तथा अप्राविधिक विषयमा स्नातक वा सोभन्दा माथि अध्यनरत विद्यार्थीलाई छात्रवृत्ति दिने घोषणा गरेका थिए।

गाउँपालिका अध्यक्षले घोषणा गरेअनुसार ती विद्यार्थीलाई आज छात्रवृत्ति दिइएको वडा नम्बर १ का अध्यक्ष मधुसुदन तिमल्सिनाले बताए।

अध्ययन पूरा गरेपछि गाउँपालिकाले उनलाई थप एक लाख छात्रवृत्ति दिने पनि उनले बताए।

यसैबीच गाउँपालिकाले कोरोना संक्रमणबाट मुत्यु भएकाहरूको परिवारका सदस्यलाई ५० हजारका दरले राहत उपलब्ध गराएको छ।

प्रतिपरिवार ५० हजारका दरले रकम उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.