काठमाडौंबाट कटुवा पेस्तोल र गोलीसहित ‍दुई जना पक्राउ

काठमाडौंबाट कटुवा पेस्तोल र गोलीसहित ‍दुई जना पक्राउ

११ असार ,काठमाडौं ।काठमाडौंबाट कटुवा पेस्तोल र गोलीसहित ‍दुई जना पक्राउ परेका छन्।

काठमाडौं महानगरपालिका(२६ मित्रनगरस्थित क्याफेबाट १ थान कटुवा पेस्तोल र १ थान गोलीसहित दुई जनालाई गएराति प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा नवलपरासी बर्दघाट नगरपालिका(१४ घर भएका ३० वर्षीय राजु विक र बाँके खजुरा गाउँपालिका(१ घर भएकी २१ वर्षीया अस्मिता विक छन्।

विशेष सूचनाको आधारमा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले क्याफेमा खानतलासी गर्दा उनीहरूलाई उक्त पेस्तोल र गोली सहित फेला पारी पक्राउ गरेको हो।

प्रहरीले यस घटनामा थप अनुसन्धान गरिरहेको छ।

 

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.